अमेरिकामा गरिँदै ‘तेल भिसा’को अडिसन



शंकर घिमिरेको निर्देशनमा बन्न लागेको चलचित्र ‘तेल भिसा’मा अभिनय गर्ने केही कलाकारका लागि अडिसनको आह्वान गरिएको छ । चलचित्रको मुख्य भूमिकामा यसअघि नै विपिन कार्की, गौरी मल्ल, ऋचा घिमिरे, वर्षा राउत र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् ।

चैतको दोस्रो साता अर्थात् अप्रिल १ तारिखबाट अमेरिकाको मेरिल्याण्ड राज्यमा छायांकन गरिने चलचित्रका लागि विभिन्न भूमिकामा अभिनय गर्ने कलाकारका लागि अडिसन आह्वान गरिएको हो । अडिसनमा विभिन्न उमेर समूहका अमेरिकनसहित अफ्रिकन, पाकिस्तानी, मेक्सिकन, कोरियन, साउथ एसियनसहित फरक वर्ण देखिने नेपालीसहित बिदेशी मूलका महिला तथा पुरुष सहभागी हुन सक्नेछन ।

अडिसनमा सहभागिता जनाउनका लागि अमेरिकामै बसोबास गरिरहेका हुनुपर्ने र कलाकारितासँगै अमेरिकाको रहनसहन, भाषा र भेषभूषाको समेत राम्रो ज्ञान हासिल गरेको हुनुपर्ने सर्त राखिएको छ ।अडिसनमा सहभागिता जनाउन इच्छुकले निर्माण कम्पनी वेल डन क्रियशनको इमेल [email protected] मा आफ्नो केही फोटोसहित बायोडाटा पठाउनुपर्नेछ ।

सिज इन्टरटेनमेन्टसँग वेल डन क्रियशनको सहकार्यमा निर्माण हुन लागेको ‘तेल भिसा’को ७० प्रतिशत छायांकन अमेरिकाको मेरिल्याण्ड, भर्जिनिया, न्यूयोर्क, वासिङटन डिसी सहित विभिन्न लोकेशनमा हुनेछ भने बाँकी ३० प्रतिशत नेपालमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu