‘मेयर’को शुभसाइत, पर्दामा देखिँदै खगेन्द्र र वर्षाको जोडी



दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्र ‘मेयर’को शुभसाइत गरिएको छ । वसन्त पञ्चमी (सरस्वती पूजा)को अवसर पारेर बुधबार दरबारमार्गस्थित चतुर्भुज नारायणस्थान मन्दिरमा चलचित्रको शुभसाइत गर्दै कलाकारको ‘लाइनअप’ पनि सार्वजनिक गरियो ।

सर्लाही जिल्लाको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवन संघर्षमा आधारित भएर बन्न लागेको चलचित्रको शीर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछानेले अभिनय गर्नेछन् भने उनको अपोजिटमा अभिनेत्री वर्षा राउत रहनेछिन् ।

चलचित्रमा खगेन्द्र र वर्षाका अलावा अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, संजोग रसाईली, अशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको पनि अभिनय रहनेछ । यो चलचित्रबाट मेयर भरत थापाकी छोरी अर्विशा थापाले डेब्यू गर्दैछिन् भने निर्देशक खनालकी छोरी श्रृष्टिमाँ खनाल र शर्मिला पाण्डे निर्मातामा छन् ।

महेश दवाडीको पटकथा लेखन रहेको चलचित्रमा जे वाइवा र कल्याण सिंहको संगीत तथा कृष्ण थापाको छायांकन रहनेछ । केही राम्रो काम गररै छोड्छु भन्ने दृढ सपना भएको मान्छेले कठीन परिस्थिति, घात-प्रतिघातका बीचमा पनि संघर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिक रुपमा कसरी राम्रो बाटोमा डोर्‍याउन सक्छ भन्ने विषयमा चलचित्र केन्द्रित हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu