‘कार्साङ’मा दीयाको प्रवेश, सृजनाले डेब्यू गर्दै



यम शेर्पाको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘कार्साङ’मा ‘राष्ट्रिय अवार्ड विजेता’ दीया मास्केको प्रवेश भएको छ । बुधबार सरस्वती पूजाको अवसर पारेर बौद्ध धर्मअनुसार स्क्रिप्ट पूजा गर्दै चलचित्रमा दीयाको प्रवेशबारे जानकारी गराइएको हो । चलचित्रमा यसअघि दयाहाङ राई, बुद्धि तामाङ, शिल्पा मास्के, सुरक्षा पन्त, माओत्से गुरुङ, पुष्कर गुरुङ अनुबन्ध भैसकेका छन् ।

यो चलचित्रबाट सृजना निङ्लेकु र छिरिङ शेर्पाले डेब्यू गर्दैछन् । सम्राट क्षेत्री, छुकी शेर्पा, कर्मा शेर्पा लगायतको पनि चलचित्रमा अभिनय रहनेछ । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको सहकार्यमा बन्न लागेको चलचित्रको निर्मातामा गोविन्द बोहोरा छन् । शेर्पा समुदायको सामाजिक कथावस्तुमा चलचित्र आधारित हुने जनाइएको छ ।

पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाकंन गरिनेछ । चलचित्रको प्रोडक्शन म्यानेजरमा दीलिप पन्त छन् । ‘कार्साङ’को ओभरसिज राइट्स सेभेन सिज इन्टरटेन्मेन्टले खरिद गरिसकेको छ । नेपालभित्र भने आरआर फिल्म्सले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu