कालिम्पोङमा ‘दान्भी’को छायांकन गर्दै पूजा र कुन्साङ



भारतको कालिम्पोङ चलचित्र ‘दान्भी’को छायांकन धमाधम भइरहेको छ । रुपेश तामाङको निर्देशनमा तयार भइरहेको चलचित्रको तेस्रो सेड्यूलको छायांकन भारतमा भइरहेको हो । निर्माणपक्षले यो चलचित्रको एक्सनले भरिएको टिजर सार्वजनिक गरिसकेको छ ।

चलचित्रको पहिलो हाफको दृश्यको छायांकन कालिम्पोङ भइरहेको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रको छायांकनमा मुख्य कलाकारहरु पूजा शर्मा, कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन् । एक सातादेखि कालिम्पोङमा रहेकी पूजाले भनेकी छन्, ‘हामीले चलचित्रको मुख्य अंशको छायांकन गरिरहेका छौं । अझै एक साता छायांकन सेड्यूल छ ।’

चलचित्रको टिजर सार्वजनिक भएपनि प्रदर्शन मिति तय गरिएको छैन । चलचित्रको काम सकेपछि मात्र प्रदर्शन मिति तय गर्ने तयारीमा निर्माणपक्ष छ । चलचित्रमा पूजा र कुन्साङको साथमा किरण श्रेष्ठको पनि अभिनय छ ।

चलचित्रमा देव मगर र अनुप गडालको लगानी छ । चलचित्रका कार्यकारी निर्माता पवन राना मगर हुन् । चलचित्रमा कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन तामाङ सह–निर्माताको रुपमा छन् ।

श्री श्रेष्ठको एक्सन निर्देशन रहेको चलचित्रमा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा तथा संवाद, अर्जुन पोखरेल, नरेश जोशी र केदार राज नेपालको संगीत, बन्दे प्रसादको सम्पादन, कविराज गहतराज र बाहुल बराइलीको कोरियोग्राफी छ । चलचित्रका मुख्य सहाय निर्देशक नवराज शर्मा हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu