
काठमाडौं।
फागुन २५ गते रिलिज हुने नेपाली चलचित्र ‘उपहार’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा काठमाडौं महानगरपालिकाले चलाएको डोजर सडक व्यापारीको विस्थापनलाई विषय बनाइएको छ । साथमा, युवाहरूको कथालाई स्थान दिइएको छ ।
ज्ञानेन्द्र देउजा निर्देशित यस चलचित्रको ट्रेलरमा अभिनेत्री रेखा थापालाई चिया बेच्ने महिलाको रूपमा प्रस्तुत गरिएको छ भने अभिनेता मुकुन भुसाललाई ट्याक्सी ड्राइभरका रूपमा देखाइएको छ ।
यसमा रेखा थापा, पूजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुसाल, शोभारस घिमिरे, मञ्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त, सरिता राजोपाध्याय लगायतको अभिनय छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता हुन् भने सुलभ प्रतीक र समीक्षा देउजा निर्माता हुन् ।
रेखा फिल्मस् र कपनगढी फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा विष्णु कल्पित घिमिरेको छायाङ्कन, अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत, मित्र डी गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
ट्रेलर: