१०० दिन चल्यो ‘दिमाग खराब’



काठमाडौँ। गत कार्तिक २४ गते रिलिज भएको चलचित्र ‘दिमाग खराब’ले काठमाडौँमा प्रदर्शनको सय दिन पुरा गरेको छ। 

निश्चल बस्नेत निर्देशित यो चलचित्रले शनिवार न्युरोडको रञ्जना सिनेमा हलमा १०० दिन चलेको हो। हालसम्म यो चलचित्रले  १० करोड माथिको व्यापार गरेको  बताइएको छ।

खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी राज्यलक्ष्मी सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्का लगायतको अभिनय रहेको चलचित्रमा रौनक विक्रम कडेल निर्मातामा छन् भने सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा छन् ।

यस वर्ष चलचित्र ‘जारी’ले पनि १०० दिन मनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu