चलचित्रकर्मीहरूलाई १७५ रुपैयाँमै एक लाख सम्मको बिमा सुविधा



काठमाडौँ।
सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. र चलचित्र संरक्षण मञ्चले नेपाली चलचित्रकर्मीहरूको आवधिक बिमा योजनाका विषयमा सम्झौता भएको छ । सो सम्झौता अनुसार चलचित्रकर्मीहरूले १७५ रुपैयाँमै एक लाख सम्मको बिमा गर्न पाउने भएका छन् ।

सहमति पत्रमा चलचित्र संरक्षण मञ्चका तर्फबाट अध्यक्ष टिकाराम राखाल (रोजन) र इन्स्योरेन्स कम्पनीको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा मञ्चका उपमहासचिव तेज गिरी सहित कम्पनीका उपमहाप्रबन्धक नरोत्तम ढकाल, कर्पोरेट सेल्स विभागका सामिन सिंह भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

चलचित्रकर्मीहरूको कामका दौरान अथवा अन्य भवितव्य घटनामा निधन भएमा परिवारलाई पर्न जाने बोझ कम गर्नको लागि बिमा प्रक्रिया अघि बढाइएको महासचिव तेज गिरीले जानकारी दिएका छन् ।

चलचित्रकर्मीको हक, हित र संरक्षण गर्ने हेतुले स्थापित चलचित्र संरक्षण मञ्चमा पाँच सय भन्दा बढी सक्रिय सदस्यहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu