‘गोर्खा वारियर’को दोस्रो ट्रेलर रिलिज, गोर्खा सैनिकको साख र परिवारको वेदना देखाइयो



काठमाडौं । नेपाली चलचित्र ‘गोर्खा वारियर’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । यही ११ फागुनमा रिलिज हुने मिलन चाम्स निर्देशित यस चलचित्रको नयाँ ट्रेलरमा गोर्खा सैनिकको साख र परिवारको वेदना देखाइएको छ ।

आफ्नो छोरा तथा श्रीमानलाई सैनिक बनाउन र युद्धमा पठाउनको परिवारले गर्नु परेका सम्झौतालाई ट्रेलरमा प्रस्तुत गरिएको छ । परिवारसँगको बिछोड त्यति बेला विदेशमा रहेका सैनिकको खबर पाउन उसका परिवारले एउटा चिठ्ठीको लागि महिनौँ कुर्नु पर्ने बाध्यतालाई पनि ट्रेलरमा मर्मस्पर्शी रूपमा समेटिएको छ ।

शनिवार धरानमा सम्पन्न रेड कार्पेट प्रिमियरमा अतिथि तथा दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाबाट आफू निकै उत्साहित भएको निर्देशक मिलन चाम्सले बताए । यस चलचित्रमा नव अभिनेता रितेश चाम्ससँगै विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय रहेको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्यकारी निर्मातामा प्रशान्त थापा र सह–निर्मातामा रूपमा सुरेश राई छन् ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu