दयाहाङ पास गरे अङ्ग्रेजीमा डिग्री, ‘डिग्री माइला’को टिजर रिलिज



काठमाडौं
अभिनेता दयाहाङ राईको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘डिग्री माइला: एमएम थर्ड क्लास’को टिजर रिलिज गरिएको छ । सोमवार इन्टरनेटमार्फत रिलिज टिजरमा शीर्ष पात्र राईलाई क्याम्पस व्यवस्थापन समितिले अङ्ग्रेजी शिक्षकका लागि अङ्ग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ ।

साथै, टिजरमा दयालाई अभिनेत्री आँचल शर्मासँग गीतमा रोमान्टिक हुँदै गरेको देख्न सकिन्छ । टिजरको अन्त्यमा दयाले आफ्ना बाबुलाई आफूले चौधरी ग्रुपले मासिक ४ लाख को जागिर प्रस्ताव लत्त्याएको भनेर भनेको दृश्यसमेत समावेश गरिएको छ ।

रामबाबु गुरुङ निर्देशित यो चलचित्र आगामी नयाँ वर्षमा रिलिज हुँदैछ । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ । चलचित्रमा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको पनि अभिनय रहेको छ ।

यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । चलचित्र सोही नामको नाटकमा आधारित रहेको छ ।

टिजर

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu