रुखानमा नीति शाह



काठमाडौं।
चलचित्र ‘रुखान’मा प्रमुख भूमिकामा नीति शाहले अभिनय गर्ने भएकी छन् । उनी एक विद्रोही महिलाको भूमिकामा यसमा देखिँदै छिन् ।

सविर श्रेष्ठको निर्देशन बन्ने यस चलचित्र चार भाषा नेपाली, हिन्दी, अङ्ग्रेजी र भोजपुरीमा निर्माण हुने बताइएको छ । कृष्ण थापा (अस्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो चलचित्रमा डाक्टर रूपक घिमिरेको कथा छ । कार्यकारी निर्माता सविन श्रेष्ठ हुन् । यसमा अर्जुन पोखरेलको सङ्गीत, अभिमन्यु निरवीको पटकथा तथा संवाद रहनेछ ।

सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu