चैत्र २३ गते ‘बद्री बहादुर’ रिलिज हुने



काठमाडौं। शोभित बस्नेतले निर्देशन गरेको नेपाली चलचित्र ‘बद्री बहादुर’ आगामी चैत्र २३ गते रिलिज हुने भएको छ ।  ‘धेरै हाँस्न नसक्नेले यो फिल्म नहेर्नु होला’ लेखिएको पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको हो ।

यस चलचित्रमा अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेका छन् । फिल्ममा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजीव जङ्ग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईँको अभिनय रहेको छ ।

रवि अधिकारी कार्यकारी निर्माता रहेको यो चलचित्र एबी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो । यसका प्रस्तुत कर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu