‘रुमानी रङ्ग’मा ‘इन्टु’ र ‘मिन्टु’



काठमाडौं। पाँच वर्षअघिको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’मा रुचाइएका जोडी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धिरज मगर पुनः दर्शकमाझ चलचित्र ‘रुमानी रङ्ग’मार्फत आउने भएका छन् । चलचित्र ‘डायरी’ फेम्ड निर्देशक अनिल योञ्जनको निर्देशन रहने यो चलचित्रमा फरक प्रेमकथा देखाइने निर्माण पक्षले जनाएको छ ।

काठमाडौंमा बिहीबार एक कार्यक्रमबिच घोषणा गरिएको चलचित्रमा कथा, पटकथा र संवाद निर्देशक योञ्जनकै रहनेछ। ‘चलचित्रले सजिलोसँग तोडिने र गाह्रोसँग जोडिने मायालाई हँसाएर, रुवाएर विदेशमा बस्ने विद्यार्थीको दुःखसमेत देखाउनेछ’, निर्देशक योन्जनले भने । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा लिको ब्यानरमा निर्माण रहने चलचित्रमा जिएम ठकुरी प्रस्तुतिकर्ता छन् भने हरि मल्ल ठकुरी निर्माता छन् । यो टिमले यसअघि एक्सन थ्रिलर ‘लाखे’ निर्माण गरेको थियो ।

चलचित्रमा आविष्कार बहुसंचार प्रा लिको सहकार्य रहनेछ भने अस्ट्रेलियाको लाइन प्रोड्युसरमा डिव्वाईज इन्टटेन्मेन्ट रहेको छ। यो कम्पनीले ‘डमरुको डण्डीवियो’, ‘नेप्टे’, ‘क्याप्टेन’ तथा ‘ए मेरो हजुर’ लगायतका १० बढी नेपाली चलचित्रको अस्ट्रेलियामा वितरण गरिसकेको छ।

चलचित्रको ९० प्रतिशत सुटिङ अस्ट्रेलियामा हुनेछ भने बाँकी १० प्रतिशत नेपालमा हुनेछ। चलचित्रले वर्तमान समयको आधुनिक प्रेमकथा प्रस्तुत गर्ने जानकारी निर्माणपक्षले दिएको छ। निर्माणपक्षले यसलाई रङ्गिन प्रेमकथा भनेको छ ।

चलचित्र वैशाखको पहिलो साताबाट फ्लोरमा जानेछ। ‘रुमानी’को अर्थ एउटा सुन्दर र मनमोहक हो । महेश पौडेलको छायाङ्कन रहने चलचित्रमा सुशील थापा, सृजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सह–निर्माता छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu