‘ऊनको स्विटर’को गीत, युट्युबमा हिट



काठमाडौं। चलचित्र ‘ऊनको स्विटर’को टाइटल गीत ‘फूल’ रिलिजको एक सातामा यो समाचार तयार पार्दासम्म १३ लाख बढी दर्शकले हेरेका छन् । यो गीत अहिले युट्युबको ट्रेन्डिङ एकमा पुगेको छ ।

गीतमा हर्क साउदका शब्द, सुजन चापागाईँको स्वर तथा सङ्गीत सुन्न सकिन्छ । गीतको भिडियोलाई मोसन ग्राफिक्समार्फत प्रस्तुत गरिएको छ।  मोसन ग्राफिक्सले चलचित्रका मुख्य पात्रको प्रेमकथाको केही अंश प्रस्तुत गर्छ। अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रेमको भाव सुन्दर तरिकाले चित्रण गरिएको छ ।

गीतमा आएका हरेक प्रतिक्रियाले आफ्नो टिमलाई उत्साहित बनाएको गायक सुजन चापागाईँ बताउँछन् । ‘चलचित्र घोषणा गर्दा सानो अंश सार्वजनिक गरेका थियौँ। त्यति बेला दर्शक श्रोताको एकदमै माया पायौँ,’ उनले भने, ‘सबैले पूरा भर्सन पर्खिरहनु भएको थियो। फूल भर्सन कसरी राम्रो बनाउने भन्ने चुनौती थियो। तर यो पनि धेरैले मन पराइदिनु भयो। हामी उत्साहित छौँ।’

लेकको गोठ काठमाडौंमा सेट खडा गरेर तयार पारिएको हो। भारतीय मेकअप आर्टिस्ट अयाज् शेख फिल्मका मेकअप आर्टिस्ट हुन् । ‘ऊनको स्विटर’ निर्देशक नवीन चौहानको पहिलो फिचर चलचित्र हो।

चलचित्रमा विपिन र मिरुना प्रमुख भूमिकामा छन्। त्यसै गरी माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमु, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश  लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावतीलगायतका कलाकारको मुख्य भूमिका छ। चलचित्रलाई निर्देशक चौहानले नै लेखेका छन्।

चलचित्र वैशाखबाट फ्लोरमा जानेछ । चलचित्रलाई पाँचथरमा खिचिनेछ । चलचित्र आगामी वर्षको शरद ऋतुमा प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu