प्रदीप र सुरक्षाको चलचित्र ‘पिताम्बर’को छायाङ्कन सुरु



काठमाडौं। नेपाली चलचित्र ‘पिताम्बर’को पहिलो चरणको छायाङ्कन सुरु भएको छ । नवलपरासीको त्रिवेणी धाममा शुभ मुहूर्त गर्दै छायाङ्कन सुरु गरिएको निर्देशक कृषा चौलागाईँले बताइन् ।

पहिलो चरण अन्तर्गत १५ दिन यसको छायाङ्कन हुनेछ । नवलपरासी पश्चात् बुटवल र नेपालगञ्जमा समेत छायाङ्कन हुने बताइएको छ ।  अभिनेत्री सुरक्षा पन्त, अभिनेता अनुप विक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव बिस्ट र बालकालकारको भागको छायाङ्कन सुरुमा हुनेछ । मुख्य अभिनेता प्रदीप खड्का र सौगात मल्ल भने दोस्रो चरणमा मात्रै जोडिनेछन् ।

निर्देशक कृषाको ‘ऐँचो पैँचो’ पश्चात् दोस्रो निर्देशकिय चलचित्र हो । यसमा प्रदीप भारद्वाजको लेखन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu