आमा बनिन् रेखा, छोरीको नाम वैभबी राज्यलक्ष्मी राखियो



काठमाडौं।
नेपाली चलचित्रकी सर्वाधिक चर्चित अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । उनी शुक्रवार बिहान अमेरिकाको कोलोराडो सहरको एक अस्पतालमा पहिलो पटक आमा बनेकी हुन् ।

थापाले सामाजिक सञ्जालमा फोटो राख्दै छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेको जानकारी गराएकी छन् । फेसबुक पोस्टमा रेखाले लेखेकी छन्, ‘हेर आकाशमा कालो बादल वरिपरि चाँदिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ ।’

२०७८ सालको माघ अन्तिममा रेखाले प्रेमी बलराम शाही ठकुरीसँग कानुनी विवाह गरेकी थिइन् ।

रेखाको चलचित्र ‘उपहार’ यही फागुन २५ गतेबाट प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu