‘खजुरे ब्रो’ को फस्ट लुक पोस्टर तथा रिलिज मिति सार्वजनिक



धरान। नेपाली चलचित्र ‘खजुरे ब्रो’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। शनिवार पोस्टर सार्वजनिक सँगै यसको रिलिज मिति आगामी २०८१ वैशाख २८ लाई  घोषणा भएको हो।

‘धरान रन’ को १२औँ  संस्करणको अवसरमा पोस्टर सार्वजनिक गरेपछि धरान उप महानगरपालिकाका मेयर हर्क साम्पाङ्गले आफूले पनि अभिनय गरेको र धरानमा नै छायाङ्कन गरिएको जानकारी गराए। उनले यो चलचित्रले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे।

सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख ४ जना पात्रलाई चलचित्रकै गेटअपमा प्रस्तुत गरिएको छ। मुख्य भूमिकामा रेअर राई, महेश त्रिपाठी, नीति शाह र नवीन मानन्धर रहेका छन् । चलचित्रका निर्माता, लेखक तथा निर्देशक सुरज सुनुवार हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu