बलिउड अभिनेता अनुपम खेरद्वारा ‘गोर्खा वारिअर’को प्रशंसा



काठमाडौं। बलिउडका चर्चित अभिनेता अनुपम खेरले शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘गोर्खा वारिअर’को प्रशंसा गर्दै सोसल मिडियामा पोस्ट गरेका छन् । 

उनले आइतबार आफ्नो इन्स्टाग्राम एकाउन्टको स्टोरी सेक्सनमा चलचित्रको पोस्टर शेयर गर्दै ट्रेलर मन परेको बताएका छन् । पोस्टमा उनले निर्देशक मिलन चाम्सलाई ट्याग समेत गरेका छन् ।

सन् १९४९ को ‘मलाया इमरजेन्सी जङ्गल वार’मा गोर्खा सैनिकको साहसिक युद्ध कथालाई यो चलचित्रमा उतारिएको छ । यो चलचित्रबाट रितेश चाम्सले अभिनयमा डेब्यु गरेका छन् । साथमा विजय लामा, रेबिका गुरुङ, रियर राई, शिशिर वाङ्देल, कबिता आले, विरुप घले, सारा राईलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu