काठमाडौं।
अभिनेत्री निशा अधिकारीले पति पूर्व क्रिकेटर शरद भेषवाकर सगोलको सम्पत्तिको अंश पाउने काठमाडौं जिल्ला अदालतद्वारा फैसला भएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले मङ्सिर २८ मा यस्तो फैसला सुनाएको हो । यो खबर सार्वजनिक भने निकै ढिलो गरी भएको छ ।
फैसला अनुसार निशाले सगोलको सम्पत्तिको तीन भागको एक भाग पाउने भएकी हुन् । उनीहरूको बच्चाको उमेर १८ वर्ष नहुँदासम्म आमाबाबु दुवैको संरक्षणमा हुनुपर्ने र अंश नपाउँदासम्म माना चामल बापत निशा र बच्चाले शरदबाट मासिक ४१ हजार रुपैयाँ पाउनेछन् ।
छोरा र आफ्नो लागि शरदको सम्पत्तिबाट दुई भागको माग गरी निशाले गत वर्ष जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी थिइन् । उनीहरूको विवाह छ वर्ष अगाडि भएको थियो । निशा र शरदबिच अंश मुद्दाको फैसला भए पनि सम्बन्ध विच्छेद भने भएको छैन ।