ब्रम्हानन्दमको नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ अमेरिका तथा क्यानडामा बिक्री



काठमाडौं।
दक्षिण भारतका चर्चित कलाकार ब्रम्हानन्दमले अभिनय गरेको नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ अमेरिका तथा क्यानडा प्रदर्शन अधिकार विक्री भएको छ । नेपाली तथा तेलेगु भाषामा रिलिज हुने यो चलचित्रको प्रदर्शन अधिकार रमेश भट्टको एभरेस्ट इन्टरटेनमेन्ट तथा अभिजित राई इ-पिक इन्टरटेन्मेन्टले संयुक्त रूपमा लिएका हुन् ।

चन्द्र पन्त निर्देशित यो चलचित्र अभिनेत्री निता ढुङ्गानाले निर्माण गरेकी हुन् । यस चलचित्रमा ब्रम्हानन्दम, अलि तथा ‘गजनी’ चलचित्रका खलनायक विजय रावतको समेत अभिनय रहेको छ । हरिहर अधिकारीले लेखेको चलचित्रमा हरिहर तथा निता सहित बिपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रवीन्द्र झालगायतका नेपाली कलाकारहरूको पनि अभिनय छ ।

यो चलचित्र आगामी वर्षको दसैँको पूर्व सन्ध्यामा असोज ११ गते रिलिज हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu