विवाह गर्दै नन्दिता केसी, को हुन् हुनेवाला श्रीमान् ?



काठमाडौं।
पछिल्लो समय अमेरिका बस्दै आएकी नेपाली चलचित्रकी अभिनेत्री नन्दिता केसीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू वैवाहिक जीवनमा प्रवेश गर्न लागेको खुलासा गरेकी छन् । फेसबुकमा हुनेवाला श्रीमानसहितको फोटो पोस्ट गर्दै उनले लेखेकी छन्, “जीवनको नयाँ यात्राको सुरुवात । आई सेड एस ।”

नन्दितासँग फोटोमा रहेका व्यक्ति कार्डियोलोजिस्ट डा. अरविन्द्र कटवाल हुन् । उनी अमेरिकाको नर्थ क्यालिफोर्नियामा बस्दै आएको जानकारी प्राप्त छ ।

केही महिना अगाडी भेट भएको यो जोडीले मागी विवाह गर्न लागेको हो । नेपाली मिति अनुसार यही फागुन १९ गते विवाह हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu