दर्शक भेट्न हिँडे सौगात



बुटवल।
एक्सन-थ्रीलर चलचित्र ‘अगस्त्य’का प्रमुख अभिनेता सौगात मल्ल काठमाडौं बाहिर निस्केका छन् । उनी चलचित्रको प्रचारको लागि मिडिया तथा दर्शक भेट्न देश दौडाहामा निस्केका हुन् ।

बदलाको कथामा आधारित चलचित्र ‘अगस्त्य’को रिलिज मिति नजिकिँदै गर्दा मल्ल दर्शक भेट्न तराई मधेसमा केन्द्रित छन् । तराईको भूभागसँगै हरेक नेपालीले हेर्ने पर्ने कथा बनेको बताउँदै सौगातले यस चलचित्रले समाजको अवस्था चित्रण गर्ने बताएका छन् ।

सोमबार चलचित्र पत्रकार सङ्घ रुपन्देहीको संयोजनमा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदै अभिनेता मल्लले यो चलचित्र सामाजिक कथा भित्रको एक्सन सस्पेन्स र थ्रिलर फिल्म भएको बताए ।

सौरभ चौधरीले निर्देशन गरेको यस चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, निश्चल बस्नेत, प्रमोद अग्रहरी, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का लगायतको अभिनय रहेको छ । फागुन १८ गते रिलिज हुने यो चलचित्र भारत र नेपालका विभिन्न स्थानहरूमा छायाङ्कन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu