![](https://i0.wp.com/www.thuloparda.com/wp-content/uploads/2024/02/Nyansi-Khadka-and-Biraj-Bhatta.jpg?resize=720%2C405&ssl=1)
काठमाडौं।
अभिनेता बिराज भट्टले निर्देशन गर्ने चलचित्र ‘१२ गाउँ’मा मिस नेपाल इन्टरनेशनल–२०२२ को उपाधि प्राप्त गरेकी न्यान्सी खड्काले अभिनय गर्ने भएकी छन् । न्यान्सीले यही चलचित्रबाट डेब्यु गर्न लागेका विराजका छोरा समीरसँग जोडी बाँध्नेछिन् ।
अभिनेता तथा निर्देशक बिराजले न्यान्सीसँग आधिकारिक सम्झौता भइसकेको बताएका छन् । “हामीले स्क्रिप्ट सुनायौँ, उहाँले मन पराउनुभयो । हाम्रो चलचित्रको पात्रले खोजेको जस्तै भएकाले उहाँलाई अनुबन्धित गरेका छौँ,” बिराजले भने ।
न्यान्सी व्यावसायिक मोडलसमेत हुन् । चलचित्रको छायाङ्कन चैत १५ बाट हुने बताइएको छ । यो चलचित्रलाई बिराज आफैँले निर्देशन गर्नेछन् ।