‘अगस्त्य’ हेर्ने १६ वर्ष मुनिका दर्शक अभिभावकको साथमा जानुपर्ने



काठमाडौं। यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अगस्त्य: च्याप्टर १’ ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट ‘पीजि’ सर्टिफिकेट प्राप्त गरेको छ । यसको अर्थ १६ भन्दा कम उमेरका दर्शकले यो चलचित्र हेर्न जाँदा अभिभावक अनिवार्य रूपमा लैजानुपर्ने हुन्छ ।

सौरभ चौधरी निर्देशित यो चलचित्रले देशभरका हलमा उच्च शो पाएको छ । यस चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनीश तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायाङ्कन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको सङ्गीत छ ।

डार्क हर्ष इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो चलचित्र अमेरिका, बेलायत, क्यानडा, युरोप, जापान, कोरिया, हङकङ, थाइल्यान्ड, अस्ट्रेलिया, न्युजिल्याण्ड र मध्यपूर्वका देशहरूमा रिलिज हुने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu