उपहारको गीत ‘कहिले बार बिर्सिन्छु’ रिलिज



काठमाडौं। यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘उपहार’को गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ । यस गीतमा अञ्जु पन्त र साइराज खातीको स्वर, अर्जुन पोखरेलको सङ्गीत र इन्दिरा अधिकारीको शब्द रहेको छ ।

गीतको भिडियोमा अभिनेत्री रेखा थापालाई ग्ल्यामर अवतारमा प्रस्तुत गरिएको छ। उनको जोडीका रूपमा अभिनेता मुकुन भुसाल छन् । मुकुन र रेखाबाहेक समर्पण जङ्ग कार्की र पूजा शर्मा तथा तेज गिरी र बेनिशा हमालको जोडीलाई पनि भिडियोमा देख्न सकिन्छ ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा रेखा थापा प्रस्तुत कर्ता रहेको चलचित्रमा रेखा थापा, पूजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुसाल, शोभारस घिमिरे, मञ्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् । यसमा विष्णु कल्पित घिमिरेको छायाङ्कन, अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu