विश्वभर रिलिज भयो ‘अगस्त्य’



काठमाडौँ। सौरभ चौधरीद्वारा निर्देशित चलचित्र ‘अगस्त्य’रिलिज भएको छ। देशभर उच्च शो सहित रिलिज भएको यो चलचित्र विदेशमा पनि रिलिज भएको छ। 

रिलिजको पूर्व सन्ध्यामा बिहीबार साँझ चलचित्रको युनिट सहित चलचित्रकर्मी, पत्रकार र शुभेच्छुकहरूको उपस्थितिमा प्रिमियर आयोजना भएको थियो। प्रिमियर चलचित्रले सुखद प्रतिक्रिया पाएको छ।

नेपालको तराई क्षेत्र र भारतको गोरखपुरमा छायाङ्कन भएको चलचित्रमा अभिनेता सौगात मल्ल एक्सन अवतार र मानसिक सन्तुलन गुमेको चरित्रमा प्रस्तुत छन् । दर्शकलाई हलमा आकर्षित गर्ने यही ठुलो आधार मानिएको छ । नेपालमा बढ्दो मानव अङ्ग तस्करीको कथालाई मियो बनाएर फिल्मले एक्सन, प्रेम र मित्रतालाई देखाएको छ ।

‘अगस्त्य’मार्फत दोस्रो च्याप्टरको पनि निर्माण घोषणा गरिएको छ । जसलाई २०२६ मा प्रदर्शन गर्ने जनाइएको छ ।

निर्देशक चौधरीले नै लेखेको चलचित्रमा सौगातसँगै नाजिर हुसेन, मलिका महत, विजय बराल, रवीन्द्र झा, शिशिर वाङ्गदेल, बेन बस्नेत लगायतको अभिनय छ । निश्चल बस्नेत केमियो भूमिकामा छन् ।

प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेल निर्मातामा छन् भने कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । ‘अगस्त्य’का छायाकार सञ्जय लामा हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu