प्रतीक्षित चलचित्र ‘महाजात्रा’ ट्रेलर रिलिज



काठमाडौं। चैत्र ९ गते रिलिज हुने नेपाली चलचित्र ‘महाजात्रा’को ट्रेलर रिलिज भएको छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’को सिक्वेल चलचित्रको रूपमा यो चलचित्र बनाइएको हो ।

ट्रेलरमा अकुत पैसालाई व्यवस्थापन गर्न खटिएका तीन जना पात्रहरूको यात्रालाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ । ती पात्रहरू ‘जात्रा’ चलचित्र शृङ्खलाका प्रमुख पात्रहरू विपिन कार्की, रवीन्द्र झा र रवीन्द्र सिंह बानिया हुन् । चलचित्रको यस शृङ्खलामा वरिष्ठ अभिनेता हरिवंश आचार्य पनि थपिएका छन् । आचार्यले नेताको भूमिका निभाएका छन् ।

प्रदीप भट्टराईले लेखन तथा निर्देशन गरेको यो चलचित्रमा आचार्य, कार्की, झा र बानियाँसहित वर्षा राउत, राजाराम पौडेल, अर्जुनजंग शाही, शिशिर वाङ्देल, मोहन निरौला, पुष्कर गुरुङ, प्रकाश घिमिरे, गौमाया गुरुङ, दिव्य देव, रजनी गुरुङ, सुमन कार्की, प्रवीण खतिवडा, अर्बिन खड्का, अवन राज उप्रेती, घनश्याम जोशी, रमा थपलिया, सिद्धिका चौहान, कायरा कार्की लगायतको अभिनय रहेको छ ।

षटकोण आर्ट्सको प्रस्तुतिमा बनेको यस चलचित्रका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् । निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन् । यसको स्क्रिप्ट कन्सल्टेन्ट मनोज पण्डित हुन् भने कलरिस्ट रेनिस फागो, सम्पादक मित्र डी गुरुङ, डीओपी पुरुषोत्तम प्रधान तथा ब्याकग्राउन्ड स्कोर रोहित शाक्य र शैलेश श्रेष्ठको रहेको छ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu