‘केटी हराएको सूचना’मा नाजिर र श्रृष्टी



काठमाडौं। दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘केटी हराएको सूचना’मा नाजिर हुसेन र श्रृष्टी श्रेष्ठले अभिनय गर्ने भएका छन् । यो चलचित्रको सोमबार स्क्रिप्ट पूजा गरिएको छ ।

निर्देशक गौचनले यस अघि चर्चित टेलीसिरियल ‘उजेली’ निर्देशन गरेका थिए । ट्राइसिटि पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको यो चलचित्रमा हल व्यवसायी नकिम उद्दिमको लगानी रहने बताइएको छ ।

काठमाडौँ र जनकपुरमा यसको छायाङ्कन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu