‘अगस्त्य’ हेर्ने दर्शकको सङ्ख्या बढ्दै



काठमाडौं। शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘अगस्त्य: च्याप्टर १’को व्यापारमा बढोत्तरी भएको छ । सुरुमा तीन दिन सोचेजस्तो व्यापार नभएता पनि यसको व्यापार सोमबारदेखि बढ्न थालेको थियो । विशेष गरी काठमाडौं उपत्यकाका विभिन्न हलहरूमा यसको व्यापारमा सुधार भएको छ । शोहरूमा दर्शकको सङ्ख्या बढिरहेको देखिएको छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र दर्शकमा फैलिएको ‘वर्ड अफ माउथ’ले बाट मिलेको सकारात्मक प्रतिक्रियाले व्यापारमा सुधार ल्याएको हो । २ घण्टा ५० मिनेट लामो रहेको यो चलचित्र केही लामो भएको प्रतिक्रियापछि लम्बाई घटाउने तयारी गरिएको पनि बुझिएको छ ।

‘अगस्त्य’को च्याप्टर १ को अन्त्यमा नाम सुनिने पात्र ‘गणेश’ को हो भन्ने जिज्ञासासहित दर्शक हलबाट बाहिरिन्छन् । गणेश पात्रलाई सन् २०२६ मा रिलिज गरिने यही चलचित्रको च्याप्टर २ मा प्रमुख भूमिकामा देखाइने आकलन गरिएको छ ।

डार्क हर्ष इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायाङ्कन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको सङ्गीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu