एकसाथ तीन नेपाली चलचित्रहरू रिलिज



काठमाडौं। यो साता एकसाथ तीन नेपाली चलचित्रहरू ‘रङ्गेली’, ‘उपहार’ र ‘काँडेतार’ रिलिज भएका छन् । यी तीन वटै चलचित्रहरूले काठमाडौंमा पालै पालो प्रिमियर शो आयोजना गरेका थिए ।

अर्जुन सुवेदीले निर्देशन गरेको ‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यो चलचित्रले नेपालको तराई क्षेत्रमा हुने गरेका आपराधिक गतिविधिहरूलाई समेटेर ग्याङस्टर श्रेणीमा कथा पेस गरेको छ । चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

नारीको सङ्घर्षसँगै सक्षमता पनि देखाइएको चलचित्र ‘उपहार’मा रेखा थापा, पूजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुसाल, शोभारस घिमिरे, मञ्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ । चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजा हुन् ।

त्यस्तै, नवल खड्काको लेखन, निर्देशन तथा प्रमुख अभिनय रहेको चलचित्र ‘काँडेतार’मा नवलको साथमा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय गरेका छन् । यो चलचित्रले नेपाल र भारतको सिमानामा काँडेतार लगाउनु पर्छ भन्ने सन्देश बोक्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu