शुक्रवार कस्तो चल्यो उपहार ?



काठमाडौं। शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘उपहार’ले सुखद सुरुवात गरेको बताइएको छ । काठमाडौं र काठमाडौं बाहिरका हलहरूमा सन्तोषजनक अकुपेन्सी रहेको निर्देशक ज्ञानेन्द्र देउजाले जनाएका छन् ।

काठमाडौंमा यस चलचित्रका कलाकारहरू बेनिशा हमाल, पूजा शर्मा, अभिनेता द्वय मुकुन भुसाल, समर्पणजंग कार्की लगायत हलमा दर्शकसँग भेटघाटमा पुगेका थिए ।

यसमा रेखा थापा, पुजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुसाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ । रेखा भने अमेरिकामा रहेको कारण हलमा उपस्थित रहिनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu