‘द रेड सुटकेस’को अफिसियल पोस्टर सार्वजनिक



काठमाडौं। नेपाली चलचित्र ‘द रेड सुटकेस’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । भेनिस चलचित्र फेस्टिभलमा प्रिमियर भएको यो चलचित्र आगामी चैत ३० गते रिलिज हुने जानकारी सहित आइतबार पोस्टर सार्वजनिक गरिएको छ ।

फिडेल देवकोटाले निर्देशन गरेको ‘द रेड सुटकेस’को पोस्टरमा चलचित्रका प्रमुख कलाकारलाई राखिएको छ । अभिनेत्री सृष्टि श्रेष्ठ, अभिनेता द्वय सौगात मल्ल र विपिन कार्की ग्रामीण भेसमा देखिएका छन् । 

यो चलचित्र स्वीट्जरल्याण्डको जुरिच चलचित्र फेस्टिभलमा समेत प्रिमियर भएको थियो । चलचित्रलाई आइसफल प्रोडक्सनले बनाएको हो । यो चलचित्रले भेनिस प्रिमियरमा तीन मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो । देशको आर्थिक तथा राजनीति पृष्ठभूमिमा मा सामान र रातो सुटकेस लिएर जाने ड्राइभरको यात्राको कथा यसमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu