रामबाबु र सुजित बने ‘वर्ष निर्देशक’



काठमाडौं। चलचित्र ‘कबड्डी’का निर्देशक रामबाबु गुरुङ र ‘ऐना झ्यालको पुतली’का निर्देशक सुजित बिडारी पुरस्कृत भएका छन् । आइतबार चलचित्र निर्देशक समाजको १६ औँ वार्षिक साधारण सभा कार्यक्रममा यी दुई निर्देशकलाई ‘वर्ष निर्देशक’ घोषित गर्दै पुरस्कृत गरिएको हो ।

वि.सं. २०७९ सालमा रिलिज भएको गुरुङ निर्देशित ‘कबड्डी ४’ले सर्वाधिक व्यापार गरेको र बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ सोही वर्ष अस्करमा नेपालबाट सिफारिस भएको र उत्कृष्ट समीक्षा प्राप्त गरेको आधारमा पुरस्कृत गरिएको हो । अभिनेता राजेश हमालले दुवैलाई पुरस्कार प्रदान गरे ।

साथै, वरिष्ठ निर्देशक यादव खरेललाई दीर्घ साधना सम्मान प्रदान गरियो । हीरासिंह खत्री स्मृति सम्मान पहिलो नेपाली रङ्गिन चलचित्र ‘कुमारी’का निर्देशक प्रेमबहादुर बस्न्यातलाई प्रदान गरियो । त्यस्तै, आकाश अधिकारी, दिनेश डिसी र सम्झना उप्रेती रौनियारलाई स्रष्टा सर्जक सम्मान प्रदान गरिएको थियो ।

अबदेखि हरेक वर्ष व्यावसायिक र समीक्षात्मक कोणबाट उत्कृष्ट हुने निर्देशकलाई ‘वर्ष निर्देशक’को रूपमा पुरस्कृत गरिने चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu