धिरजको चलचित्र खेल्न अस्ट्रेलियाका युवतीको हानथाप, दुई सय १६ जनाले दिए आवेदन



काठमाडौं। अभिनेता धिरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गर्ने नेपाली चलचित्रमा अभिनय गर्नको लागि दुई सय १६ अस्ट्रेलियन युवतीहरूले आवेदन दिएका छन् ।

अनिल योञ्जनले निर्देशक गर्न लागेको चलचित्र ‘रुमानी रङ्ग’को लागि अस्ट्रेलियामा विदेशी कलाकारको ‘कास्टिङ कल’ गरिएको थियो । यसमार्फत दोस्रो लिड-लेडीको लागि अस्ट्रेलियाली अभिनेत्री छनोट गर्न लागिएको बताइएको छ । अडिसनका लागि अष्ट्रेलियासको लाइन-प्रोड्युसर कम्पनी डीब्वाइज इन्टरटेनमेन्टले व्यवस्थापन गरिरहेको छ ।

यो चलचित्रका पटकथा र संवाद लेखक पनि योञ्जन नै हुन् । ग्लोबल मिडियाको र आविष्कार बहु सञ्चार प्रालिले यो चलचित्र बनाउँदै छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu