राजबल्लभ भन्छन्, ‘जोन सिनाको पारामा मञ्च जाने हो हाम्रोमा के होला?’



काठमाडौँ। अमेरिकाको लस एन्जलसको डल्बी थिएटरमा आयोजित ९६ औँ अस्कर अवार्ड समारोहमा हलिउड अभिनेता जोन सिना लुगा नलगाई स्टेज चढेको प्रसङ्ग विश्वभर चर्चा भइरहेको छ। सेनाले बेस्ट कस्ट्युमको अवार्ड प्रदान गर्न बिना लुगा स्टेज पुगेका थिए। 

यो प्रसङ्गलाई लिएर नेपाली चलचित्रका अभिनेता राजबल्लभ कोइराला व्यङ्ग्य गरेका छन्। उनले यदि नेपालमा यस्तै गरे के होला भन्दै सामाजिक सञ्जालमा   जिज्ञासा शैलीमा व्यङ्ग्य पोस्ट गरेका छन्।

उनले लेखेका छन्, “जोन सिनाको पारामा बेस्ट कस्टयूम अवार्ड दिन कोही मञ्चमा हाम्रा तिर उक्ले भने, माहौल के होला? घर समाजले के भन्लान्, वरीपरीकाले के सोच्लान्,  पत्रकारले के लेख्लान् ..! एउटा जिज्ञासा नि !”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu