सलोन र करिश्माको प्रेग्नेन्सी फोटो सुट



काठमाडौं। अभिनेता सलोन बस्नेत र उनकी पत्नी करिश्मा केसी चाँडै पहिलो सन्तानको आमाबाबु बन्दै छन् । यो जोडीले बुधवार सामाजिक सञ्जाल फेसबुकमा प्रेग्नेन्सी फोटो सुटका तस्बिरहरू शेयर गरेका छन् ।

तस्बिरमा सलोन र करिश्माले एउटै पहिरन अर्थात् जिन्सको पहिरन लगाएका छन् । उनीहरूको फोटो सुट आधुनिक शैलीको देखिन्छ । अधिकांश महिला सेलिब्रेटीले साडीमा वा गाउनमा प्रेग्नेन्सी फोटो सुट गराउँदा करिश्माले भने जिन्स पेन्ट र ज्याकेट रोजेकी छन् ।

सलोन र करिश्माको गत वर्ष मङ्सिर १२ गते विवाह भएको थियो । तीन वर्ष लामो प्रेम सम्बन्धलाई पूर्णता दिँदै उनीहरू विवाह बन्धनमा बाँधिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu