उच्च अदालत पाटनले झिकायो चलचित्र ‘प्रकाश’ सेन्सर पासको प्रमाणपत्र



काठमाडौं। उच्च अदालत पाटनले प्रदीप खड्का र दिया मास्के स्टारर नेपाली चलचित्र ‘प्रकाश’को सेन्सर पासको सक्कल प्रमाणपत्र झिकाउन आदेश दिएको छ ।

राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट चलचित्रको पुरस्कार प्रदान नगरिएकोबारे परेको रिट निवेदनको सुनुवाइका क्रममा बुधवार न्यायाधीश द्वय धीरबहादुर चन्द र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले उक्त आदेश दिएको हो । बुधवार पक्ष र विपक्षका वकिलहरूको बहसपछि सो चलचित्र प्रदर्शनका लागि स्वीकृति दिए नदिएकोबारे केन्द्रीय चलचित्र जाँच समितिबाट बुझ्न र दिएको भए प्रमाणित प्रतिलिपि पेस गर्न आदेश भएको हो ।

चलचित्र विकास बोर्डको आयोजनामा भएको राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट चलचित्रको घोषणा गरिएको थिएन । अघिल्ला वर्षहरूमा दिँदै आएको पुरस्कार यस वर्ष किन दिइएन भनी जुम्ला जिल्लाका स्थानीय व्यक्ति मीनराज आचार्य, चलचित्र लेखक विकास सुवेदी र निर्देशक दिनेश राउतले चलचित्र विकास बोर्डमा पत्र दर्ता गरी सोधेका थिए । बोर्डबाट जवाफ नपाएपछि गत असोज ५ गते उच्च अदालत पाटनमा उनीहरूले रिट निवेदन हालेका थिए ।

वि.सं. २०७९ भदौ ५ गते सेन्सर पास भएको यो चलचित्र भदौ १० गते रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu