पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने



काठमाडौं। मार्च २९ देखि मार्च ३१ सम्म पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । मानव अधिकार, दिगो विकास र सांस्कृतिक सृजनशीलतालाई चलचित्रमार्फत मनाउने तयारी गरिएको बुधवार आयोजित पत्रकार सम्मेलनमा जनाइयो ।

“पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, सिनेमाको कलालाई मात्र नभई मानवअधिकार र दिगो विकास जस्ता महत्त्वपूर्ण मुद्दाहरूमा संवादको मञ्चको रूपमा पनि काम गर्ने एउटा कार्यक्रम प्रस्तुत गर्न पाउँदा हामी हर्षित छौँ,” नेपाल संस्कृति तथा चलचित्र केन्द्रका अध्यक्ष सन्तोष सुवेदीले भने, “चलचित्रको विश्वव्यापी भाषाको माध्यमबाट हामी सीमा पार सहानुभूति, समझदारी र सहकार्य बढाउने आशा गर्दछौँ ।”

३७ विभिन्न देशका ६० चलचित्रहरू यो महोत्सवमा सहभागी हुने बताइएको छ । महोत्सवमा चलचित्र प्रदर्शन, प्यानल छलफल र मास्टर क्लास आयोजना हुने आयोजक संस्थाले बताएको छ । निर्णायकको रूपमा पोल्यान्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी लजुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर सहित नेपालका मोहन निरौला, शान्ति प्रिय, आशा दवाडी, मोहन राई, सुष्मा कार्की, जय निशान्त र सुवास श्रेष्ठ प्रधान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu