साम्राज्ञी अभिनीत ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुने



काठमाडौँ। नेपाली चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुने भएको छ। घनश्याम लामिछानेले निर्देशन गरेको यो चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, निश्चल खड्का, कबिर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धी लगायतको प्रमुख अभिनय रहेको छ। यस चलचित्रबाट निश्चल र गरिमाले डेब्यु गरेका हुन्।

रिलिज मितिसँगै यसको पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा साम्राज्ञी र निश्चलले रोमान्टिक मुडमा लिपलक गरेका छन्। यसको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन्। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले वितरण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu