सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु



काठमाडौं। काठमाडौंमा सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सुरु भएको छ । बिहीबार सुन्धाराको सिभिल मलस्थित क्यूएफएक्स सिनेमा हलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले महोत्सव उद्घाटन गरिन् ।

महोत्सव उद्घाटन गर्दै मन्त्री शर्माले आगामी बजेटमा चलचित्रलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाइन् । सो क्रममा शर्माले बजेटको खाका पेस गर्न चलचित्र विकास बोर्डलाई निर्देशन समेत दिएकी थिइन् ।

चिनियाँ फिल्म निर्माता तथा प्राध्यापक सिए फेईले पछिल्लो समय नेपाली चलचित्रको गुणस्तरमा वृद्धि भएको बताए । निर्देशक तथा अभिनेता नीर शाहले नेपाली फिल्ममा वित्त व्यवस्थापन र बजार विस्तारको सन्दर्भमा चलचित्रकर्मीले धारणा बदल्नुपर्ने बताए ।

पाँच दिनसम्म चल्ने महोत्सवमा ओपनिङमा हङकङका निर्देशक द्वय जेनिफर लिन र सान बाईले संयुक्त रूपमा निर्देशन गरेको ९६ मिनेट लामो डकुमेन्ट्री चलचित्र ‘आनी बन्ड : छोइङ डोल्मा’ प्रदर्शन भयो । त्यस्तै, बिहीबार नै कमल एक्चै मगरले निर्देशन गरेको १२८ मिनेट लामो चलचित्र ‘डेसान’ स्क्रिनिङ भयो । साथै, जापानी निर्देशक यू क्योहाराको ‘रिमेम्बरिङ एभ्री नाइट’ फिल्म पनि स्क्रिनिङ भयो ।

महोत्सवमा ४० देशका ८८ चलचित्र सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu