दोस्रो सातामा ‘उपहार’



काठमाडौं। गत साता रिलिज भएको चलचित्र ‘उपहार’ दोस्रो सातामा प्रवेश गरेको छ । दोस्रो सातामा पनि  चलचित्रले राम्रो शो सङ्ख्या पाएको छ ।

ज्ञानेन्द्र देउजाले निर्देशन गरेको यो चलचित्र अभिनेत्री रेखा थापाले निर्माण गरेकी हुन् । यसमा रेखाको प्रमुख भूमिका छ । साथमा, पुजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा,  अंशु महर्जन, विनोद पौडेल, आशा भुसाल, शोभारस घिमिरे, मञ्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायाङ्कन रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन छ । फिल्ममा अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।

अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत,सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu