चलचित्रसँगै ब्रान्डमा पनि निति



काठमाडौं। लामो समयको प्रतीक्षापछि चलचित्रमा व्यस्त रहेकी मोडल निति शाह दर्जन बढी ब्रान्डसँग जोडिएकी छन् । सन् २०१७ मा मिस नेपाल इन्टरनेसनलको उपाधि जितेदेखि नै ब्रान्ड प्रवर्द्धनमा व्यस्त उनको आम्दानीको राम्रो स्रोत पनि विभिन्न ब्रान्ड हुन् ।

यसैबिच, शाह ‘ब्राडफोड ग्लोबल तथा एप्लाई ग्लोबल’ नामक एजुकेशनल कन्सल्टेन्सीको ‘ब्रान्ड एम्बेसडर’ बनेकी छिन् । आइतबार नीति र कन्सल्टेन्सीका निर्देशक पवन बिस्टबिच कागजी सम्झौता भएको छ ।

चलचित्र ‘खजुरे ब्रो’बाट डेब्यू गरेकी नितिले चलचित्रहरू ‘रुखान’ र ‘राजा’मा अभिनय गर्दैछिन् । उनको कुनै चलचित्र रिलिज भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu