भारतीय कमेडियन कपिल शर्मा भेटे शोभितले, प्रचारमा सहयोग गर्ने वचन



काठमाडौं। नेपाली चलचित्रका निर्देशक शोभित बस्नेतले भारतीय चर्चित कमेडियन कपिल शर्मालाई भेटेका छन् । बस्नेत केही समय अगाडी मुम्बई गएको बेला कपिललाई भेटेको बताइएको छ ।

बस्नेत कपिलले सञ्चालन गर्ने चर्चित शो ‘द कपिल शर्मा शो’को सेटमा पनि पुगेका थिए । बस्नेतले फेसबुकमा कपिलसँगको र सेटमा खिचिएका फोटोहरू शेयर गर्दै प्रदर्शनको तयारीमा रहेको आफ्नो चलचित्र ‘बद्री बहादुर’लाई कपिलले प्रचारमा सहयोग गर्ने वचन दिएको उल्लेख गरेका छन् ।

उनको चलचित्र यही चैत्र २३ गते रिलिज हुँदैछ । चलचित्रमा रवि अधिकारी कार्यकारी निर्माता रहेका छन् भने
विजय गोपाल दली प्रस्तुत कर्ता र मिथुन भोटे निर्माता हुन् । यसमा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको मुख्य भूमिका छ भने विशेष भूमिकामा पूजा शर्मा, सलोन बस्नेत र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन् । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu