प्रदीपसँग बेनिशाको अभिनय



काठमाडौं। प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेत्री बेनिशा हमाल अनुबन्धित भएकी छन् । उनले यो चलचित्रमा अभिनेता प्रदीप खड्काको जोडीको रूपमा काम गर्नेछन् ।

‘अनटाइटल’ यस प्रोजेक्ट साइ-फाई जोम्बी थ्रिलर जनरामा बन्ने निर्देशक शाहीले बताए । शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहनेछ । चलचित्रको अन्य कलाकार तथा प्राविधिक फाइनल हुन बाँकी रहेको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए । 

यसको कथा निर्देशक शाहीले नै लेखेका हुन् । बेलायत बस्ने शाहीले यसअघि ‘गोर्खा: बिनिथ दी ब्रेभरी’ र ‘अन्तिम संस्कार’ निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu