‘बोक्सीको घर’को गीत रिलिज



काठमाडौं। वैशाख १४ गते रिलिज हुने नेपाली चलचित्र ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक गरिएको छ । यस गीतमा स्वीअरिती र निहारिकाको स्वर, मोनिस निरौलाको सङ्गीत र सुलक्षण भारतीको शब्द रहेको छ ।

यो चलचित्रमा अभिनेत्री केकी अधिकारीले निर्माण र अभिनय गरेकी छन् । गीतको भिडियोमा केकी र चलचित्र निर्देशक तथा अभिनेता सुलक्षण भारती फिचर्ड छन् । 

आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ माथि रहेर यो चलचित्र बनाइएको छ । उनले सामाजिक थ्रिलर जनरामा निर्माण भएको चलचित्रले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर चलचित्र निर्माण भएको हो ।

यसमा केकी र सुलक्षण सहित सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu