‘बद्री बहादुर’को ट्रेलर रिलिज, हाँस्न नसक्नेले चलचित्र नहेर्नुस्: निर्देशक



काठमाडौं। नेपाली चलचित्र ‘बद्री बहादुर’को ट्रेलर रिलिज गरिएको छ । शोभित बस्नेतले निर्देशन गरेको यो चलचित्रको ट्रेलर हास्यपरक छ । ट्रेलरमा चलचित्रमा अभिनय गरेका सबै प्रमुख कलाकारलाई अटाइएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गर्दै निर्देशक बस्नेतले धेरै हाँस्न नसक्ने दर्शकलाई चलचित्र नहेर्न आग्रह समेत गरे । यस चलचित्रमा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जङ्ग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाई र निर्देशक शोभित बस्नेतको अभिनय रहेको छ । 

रवि अधिकारी कार्यकारी निर्माता रहेको यो चलचित्र एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो । विजय गोपाल दली प्रस्तुत कर्ता हुन् भने मिथुन भोटे निर्माता हुन् । यसमा टङ्क बुढाथोकी र उजन नेम्वाङको सङ्गीत, रामकाजी घिमिरे लेखन, शङ्कर महर्जनको द्वन्द्व निर्देशन, रामजी राउत र ज्ञान कुमार कट्टेलको मुख्य सहायक निर्देशन तथा समीर मियाँको सम्पादन छ । आरआर फिल्म्सले वितरण गर्ने चलचित्रलाई काठमाडौं, लमजुङ, धरान र सङ्खुवासभा क्षेत्रमा छायाङ्कन गरिएको हो ।

यो चलचित्रको सफलताको लागि भारतका कमेडीयन कपिल शर्माले शुभकामना दिएका छन् । 

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu