चलचित्र ‘मनसरा’को टिजर रिलिज



काठमाडौं। उपेन्द्र सुब्बाले निर्देशन गरेको नेपाली चलचित्र ‘मनसरा’को टिजर रिलिज भएको छ । टिजरमा प्रमुख कलाकारहरू दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधानलाई देखाइएको छ ।

टिजरमा नेवार समुदायकी युवती (मेनुका प्रधान)सँग विवाह गरेका ब्राह्मण युवा (प्रवीण खतिवडा) र लिम्बु समुदायकी (मिरुना मगर) बिचको कथा पेस गरेको छ । सन्तान नभएका प्रवीणले एक छोरा भएकी तर पतिसँग नरहेकी मिरुना नजिक हुँदा तनावमा रहेकी मेनुकाको कथा टिजरमा देखिएको छ । टिजरमा छोटो समय अभिनेता दयाहाङ राई देखिन्छन्, तर उनको भूमिका प्रस्ट छैन । दयाले लामो समयदेखि कसैको खोजीमा रहेको जस्तो देखिन्छन् । एउटा च्यातिएको पम्प्लेटमा मिरुनाको फोटो राखी ‘हराएको सूचना’ दिइएको छ ।

यसअघि ब्लकबस्टर चलचित्र ‘जारी’ निर्देशन गरेका सुब्बाले निर्देशन गरेको ‘मनसरा’ प्रतीक्षित चलचित्र हो । यो चलचित्र आगामी वैशाख २१ गते रिलिज हुँदैछ ।

यसमा दया, मिरुना, प्रवीण तथा मेनुकाका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको पनि अभिनय रहेको छ । यसमा निर्देशक सुब्बाकै लेखन रहेको छ ।

टिजरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu