नेपाली चलचित्रलाई कपिल शर्माले दिए शुभकामना



काठमाडौं। भारतका प्रसिद्ध कमेडीयन कलाकार कपिल शर्माले नेपाली चलचित्र ‘बद्री बहादुर’लाई सफलताको शुभकामना दिएका छन् । बिहीबार सार्वजनिक ट्रेलरको सुरुवातमा नै शर्माको शुभकामना राखिएको छ ।

यो चलचित्रका निर्देशक शोभित बस्नेतले शर्माको शुभकामनालाई प्रचारको माध्यम बनाएका छन् । कपिलले शुभकामना दिँदै चलचित्रका निर्देशक बस्नेतले नै सो भिडियो छायाङ्कन गरिरहेको बताएका छन् ।

केही दिनअघि बस्नेतले शर्मालाई भेटेको फोटो सोसल मिडियामा शेयर गरेका थिए । उनले केही समय अगाडी मुम्बई गएको बेला कपिललाई भेटेको बताइएको छ । बस्नेतले कपिलले सञ्चालन गर्ने चर्चित शो ‘द कपिल शर्मा शो’को सेटमा बसेको फोटो पनि शेयर गर्दै उनले ‘बद्री बहादुर’लाई कपिलले प्रचारमा सहयोग गर्ने वचन दिएको बताएका थिए ।

भारतका चलचित्रहरू प्रचारको लागि कपिलको शो ‘द कपिल शर्मा शो’ आकर्षक प्लेटफर्म मानिन्छ । भारतका प्रायः सुपरस्टारहरू उनको कार्यक्रममा पुगेका छन् ।

‘बद्री बहादुर’ चैत्र २३ गते रिलिज हुँदैछ ।

हेर्नुहोस् ट्रेलरमा समावेश कपिल शर्माको शुभकामना सन्देश:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu