रिलिज भयो ‘महाजात्रा’



काठमाडौं। प्रतिक्षीत नेपाली चलचित्र ‘महाजात्रा’ रिलिज भएको छ । यो चलचित्रले देशभरका हलहरूमा व्यापक रूपमा शो प्राप्त गरेको छ । मङ्गलवारको प्रिमियरसँगै बुकिङ खुल्ला भएपछि देशैभरका मल्टिप्लेक्स हल सञ्चालकहरूले अति विश्वास गरेको देखिएको छ ।

देशको सबैभन्दा ठुलो ‘थिएटर चेन’ क्यूएफएक्स सिनेमाजले मात्र झन्डै ७० शो उपलब्ध गराएको छ । देशभरका सबै मल्टिप्लेक्स हलहरूले करिब २ सय ५० शो उपलब्ध गराएका छन् । यो चलचित्र सिरिजका अघिल्ला दुई चलचित्रहरू ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलताको कारण पनि ‘महाजात्रा’ प्रतीक्षित छ । प्रिमियरबाट यसले अत्यन्तै सुखद प्रतिक्रिया पाएको छ ।

प्रदीप भट्टराई निर्देशित यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र झा, रबिन्द्र सिंह बानियाँ, दिव्य देव, राजाराम पौडेल, शिशिर वाङ्देल लगायतको प्रमुख भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu