चलचित्र ‘अर्ध पागल’ को फर्स्ट लुक पोस्टर सार्वजनिक



काठमाडौँ। अभय राज बरालले निर्देशन गरेको नेपाली चलचित्र ‘अर्ध पागल’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। दुई जना मिल्ने साथीहरूको द्वन्द्वलाई पोस्टरमा झल्काउने प्रयास गरिएको छ।

यस चलचित्रमा अभय राज बराल र प्रकाश भुजेल मुख्य भूमिकामा रहेका छन्। साथमा ममता लामिछाने, सोबिता अधिकारी, हिना कोइराला, सङ्गीता राई, दीक्षा ढकाल लगायतका कलाकारको अभिनय रहेको छ।

समर्पण रेग्मीले छायाङ्कन गरेको चलचित्रका क्रियटिभ निर्देशक सौरभ ढकाल हुन्। चलचित्रमा कृष्ण भण्डारीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu