‘डिग्री माइला’को ट्रेलर रिलिज, दयाहाङ बने शैक्षिक बेरोजगार



काठमाडौं। रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र  ‘डिग्री माइला : एमए थर्ड क्लास’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको ट्रेलरमा सहरमा पढेर गाउँ पुगेको युवकले स्थानीय विद्यालयमा शिक्षकको जागिर खान नचाहेको विषयलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ ।

नेपालका गाउँ गाउँमा भका विद्यालयमा शिक्षित शिक्षकहरूको आवश्यकता र पदपूर्तिको जटिलतालाई ट्रेलरमा देखाइएको छ । ट्रेलरमा मुख्य कलाकार द्वय दयाहाङ राई र आँचल शर्मालाई रोमान्टिक देखाइएको छ ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ । यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । चलचित्र सोही नामको नाटकमा आधारित रहेको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस् सँग मिलेर चलचित्रको निर्माण गरेको हो । चलचित्रमा दयाहाङ र आँचलका अलावा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ । चलचित्रले ‘किन चाउरिइस् मरीच आफ्नै रागले‘ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्याग लाइन बनाएको छ ।

यो चलचित्र आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu